काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले वि.सं. २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोबार प्रारम्भ गरेको कम्पनीले आठौँ वार्षिकोत्सव सम्पन्न गरेको हो ।
कम्पनीले मुलुकभरी जम्मा एक सय ४६ कार्यालयहरु, तीन सय ६२ कर्मचारीहरु तथा ४० हजार नौ सय ७६ अभिकर्तामार्फत् जीवन बीमा सेवा प्रवाह गर्दैआएको छ । हाल कम्पनीको चुक्ता पुँजी पाँच अर्ब तीन करोड ११ लाख ६४ हजार चार सय रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा रकम दुई अर्ब २३ करोड २४ लाख नौ हजार आठ सय एक रुपैयाँ तथा जीवन बीमा कोषमा रकम १० अर्ब १० करोड ८७ लाख ८१ हजार पाँच सय ४५ रुपैयाँ कायम रहेको छ । कम्पनीको नेटवर्थ रकम एक सय ५४ रुपैयाँ ३५ पैसा रहेको छ ।
कम्पनीलाई आजको स्थितिमा पु¥याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरु, सेवाग्राहीहरु, अभिकर्ताहरुलगायत सम्पूर्ण सरोकारवाला पक्षहरुप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ प्र्रभावकारी सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।