काठमाडौं । काठमाडौं महानगरपालिकाले एक वर्षअघि नै वितरण गर्ने भनिएको एम्बुलेन्स मंगलबारबाट वितरण गर्ने भनिएको छ । महानगरपालिकाले पहिलो चरणमा देशभरका दुर्गम मानिएका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो ।
गत वर्ष एम्बुलेन्स वितरण सुरु हुनुअघि नै महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रवक्ता नवीन मानन्धरबीच कमिसनको विवाद चर्किएपछि वितरण कार्य रोकिएको थियो । मेयर शाह अमेरिकी युथ काउन्सिलका सदस्य हुन् भने प्रवक्ता मानन्धर चाइना फाउन्डेसनसँग सम्बद्ध रहेका छन् । गत वर्ष सुरु भएको उनीहरुबीचको विवाद केही समयअघि मात्र नाटकीयरूपमा साम्य भएको थियो ।
पछिल्लो समय चलेको जेन–जी पुस्ताको विद्रोहमा खलनायककारुपमा पर्दा पछाडि बसेर निर्णायक भूमिका निभाएका मेयर शाह आगामी निवार्चनपछि निर्वाचित प्रधानमन्त्रीको रुपमा चर्चा सुरु गरिएका एक पात्र हुन् र त्यसको तयारीका रुपमा उनले नयाँ पार्टी गठन गर्न लागेको समेत चर्चा चल्ने गरेको छ । प्रायःजसो सामाजिक सञ्जालमा देखिने मेयर शाहको निशाचर प्रवृत्तिले जनस्तरमा चासो र चिन्ता उत्तिकै बढाएको छ । तर निर्वाचनको मिति घोषणा भएपछि देशभरबाट छानिएका गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेपछिचाहिँ खुट्टा टेक्न खोजेको हो कि भन्ने आशा जगाएको छ ।
पछिल्लो समय उनको काममा भाँजो हाल्ने शक्तिचाहिँ लगभग पराजित भएको छ र किनारा लागेको छ । जेन–जी विद्रोहमा एकाएक स्टेक होल्डरको रूपमा चर्चा बटुलेका र सेनापति अशोकराज सिग्देलले संयोजन गरेर जेन–जी पुस्ताको तर्फबाट पूर्वप्रधानन्यायाधीश सुशीला सुवेदी कार्कीलाई संविधानलाई बाइपास गरेर प्रधानमन्त्री बनाउन सफल भएका मेयर शाह यतिखेर राष्ट्रिय चर्चाको शिखरमा नै छन् तर खलनायकीपनको कारण उनको आलोचना पनि हुन थालेको छ ।