गोलबजार (सिराहा) गोलबजार नगरपालिका–१३, डङ्ग्राहाबाट आइतबार राति अपहरणमा परेका किशोरको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैँचामा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
आइतबार राति अभिषेक खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका उनी घर फर्किएनन् । गाउँ छिमेकमा परिवारजनले रातभर खोजतलास गरे पनि उनी भेटिएनन् । अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिएमा पाँच करोड फिरौती बुझाउन भनेको जानकारीसमेत अभिषेकको सकुशल उद्धारका लागि परिवारजनले प्रहरीलाई सोमबार नै निवेदन दिएका थिए।
घटनाबारे अनुसन्धानमा संलग्न पत्ता लगाइ दोषीलाई कानुनी दायरामा ल्याइने इप्रका गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले बताए ।