काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन्। प्रधानमन्त्री कार्की मंगलबार शीतलनिवास पुगेकी थिइन्।राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही तथा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा विस्तृत छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार गम्भीर रूपमा लागिपरेको जानकारी राष्ट्रपति पौडेललाई दिएकी बताइएको छ। त्यस्तै, राष्ट्रपतिले पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ।