काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन्।राष्ट्रपतिले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यससँगै निर्वाचन आयोगलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। संसद नभएकाले हाल अन्तरिम सरकारले अध्यादेशमार्फत कामकारबाही अघि बढाउनुपर्ने बाध्यता रहेकाले, कार्की नेतृत्वको सरकारले पहिलो अध्यादेश ल्याएको हो।