काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू(भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै जनाएको हो । साथै कोशी र बागमती प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाले बिहीबार राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।