काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरको बिक्रीकार्य खुला गरेको छ । कम्पनीका अनुसार आफ्ना संस्थापक सेयरधनी नवीन अग्रवालको नाममा कायम रहेको २६ हजार छ सय ६१ कित्ता संस्थापक सेयर बिक्रीमा बिक्रीमा राखिएको हो ।
यो सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखिएको कम्पनीको भनाइ छ । यो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखितरूपमा जानकारी गराउनु पर्नेछ । यस अवधिभित्र कुनै लिखित प्रस्ताव नआएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।