काठमाडौं । सुन्धारा सेक्युरिटिज कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असोज २९ गते आफ्नो १८औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।