काठमाडौं । शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले असोज आठ गते बुधबार ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।
सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा सम्मानित भक्तपुर जिल्ला अदालत समेतको आदेशबाट पुर्पक्षको लागि कारागार कार्यालय, नख्खुमा रही मिति २०८२/०५/२४ गते आन्दोलनको क्रममा भागी फरार भएका प्रतिवादी शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. भक्तपुरका अध्यक्ष केदारनाथ शर्मालाई यस ब्युरोबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०६/८ जिल्ला ललितपुर,ललितपुर मा.न.पा २, सानेपाबाट पक्राउ गरी श्री कारागार कार्यालय, नख्खु बुझाएको हो, सीआईबीले भनेको छ ।