काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दशैँ, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनका लागि ‘दशैँमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ उपहार योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो योजना कात्तिक ४ गतेसम्म देशभर लागू हुनेछ । उक्त अवधिभित्र कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमार्फत आकर्षक उपहार जित्न सक्नेछन् । ग्राहकहरुले आफूले खरिद गरेको स्मार्टफोनको क्युआर कोड स्क्यान गरी आईएमईआई नम्बरसहित अन्य आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमा आफ्नो नतिजा हेर्न सक्नेछन् । यो प्रक्रिया सहज र पारदर्शी बनाइएको छ ।
यस योजनाअन्तर्गत दुईजना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन् । त्यसैगरी, चारजनाले रियलमी १४ टी स्मार्टफोन प्राप्त गर्नेछन् भने १० जना विजेताले रियलमी सी७५ स्मार्टफोन जित्नेछन् । यस्तैगरी, छ सय जनाले विशेष उपहार बक्स, पाँच हजार जनाले क्रस ब्याग र १० हजार जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन् । उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाण प्रस्तुत गर्नुका साथै खरिद गर्दा प्राप्त भएको वारन्टी कार्ड र बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ । साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्ताहरूलाई आग्रह गरेको छ ।
यस पर्वको अवसरमा रियलमीले नेपाली परिवारहरूलाई प्रविधि र रमाइलोपनको संगम प्रस्तुत गर्दै उत्सवलाई अझ स्मरणीय बनाउने अभिप्रायले यस्तो रोमाञ्चक योजना ल्याएको हो । उपहारको साथै अविस्मरणीय अनुभव पनि जित्न सकिने भएकाले रियलमीसँग दशैँ २०८२ को खुसी अझ दोब्बर हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।