काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन २७ दशमलव ८९ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से आज बिहिबार पनि दुई दशमलव ३५ अंकले घटेर २६ सय ५२ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १० अंकले ओरालो लागेर चार सय ५९ दशमलव २८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २७ वटा कम्पनीहरुको ३७ हजार पाँच सय ६२ पटकको कारोबारमा ७९ लाख ५३ हजार सात सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कुल कारोबार रकम तीन अर्ब २६ करोड चार लाख ४० हजार छ सय चार रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, लगानी, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।