काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यही असोज सात गते आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरी देशभर सात स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरूगरी चार सय ६३ जनाले रक्तदान गरेको बैंकले जानकारी दिएको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरूलाई धन्यवाद दिँदै, मानवजीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा व्यक्त गरे । बैंकले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।