काठमाडौँ । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका जनकराज शर्माले अर्थमन्त्री रामेश्वर खनालसमक्ष शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट नियुक्त भएका अध्यक्ष शर्माले आजै कार्यभार सम्हाल्नेछ ।