काठमाडौं, भदौ ९ राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ७८ करोड १३ लाख १० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी भने गत आवको चौथौ त्रैमासमा दुई सय ३९ रुपैयाँ ४९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने १२ सय १३ रुपैयाँ २५ पैसा रहेको छ ।