काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/०८२को लागि पाँच दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९औँ वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुनेगरी बैंकको शुक्रबार बसेको सञ्चालक समितिको चार सय ९१औँ बैठकले सेयरधनी आर्थिक उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आव २०८१/८२को वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार नौ सय ६६ रुपैयाँको पाँच प्रतिशतका दरले हुन आउने ७३ करोड ८४ लाख ५० हजार छ सय ४८ रुपैयाँँ बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत अर्थात् तीन करोड ८८ लाख ६५ हजार आठ सय २३ रुपैयाँसहित कुल ७७ करोड ७३ लाख १६ हजार चार सय ७१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ । २०६४ साल वैशाख ७ गतेबाट कारोबार सञ्चालन गरी विगत १९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको औसत लाभांश दर ११ दशमलव ८७ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १० दशमलव ५२ प्रतिशत रहेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन–पे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
बैंकले हाल देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/०८२को लागि पाँच दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९औँ वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुनेगरी बैंकको शुक्रबार बसेको सञ्चालक समितिको चार सय ९१औँ बैठकले सेयरधनी आर्थिक उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आव २०८१/८२को वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार नौ सय ६६ रुपैयाँको पाँच प्रतिशतका दरले हुन आउने ७३ करोड ८४ लाख ५० हजार छ सय ४८ रुपैयाँँ बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत अर्थात् तीन करोड ८८ लाख ६५ हजार आठ सय २३ रुपैयाँसहित कुल ७७ करोड ७३ लाख १६ हजार चार सय ७१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ । २०६४ साल वैशाख ७ गतेबाट कारोबार सञ्चालन गरी विगत १९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको औसत लाभांश दर ११ दशमलव ८७ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १० दशमलव ५२ प्रतिशत रहेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन–पे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
बैंकले हाल देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।