काठमाडौं । भिभोले चाँडै नै आफ्नो भी सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी६० लाइट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । विशेषगरी यात्रीहरूलाई लक्षित गरिएको यो फोनमा पोट्रेट फोटोग्राफी, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनलाई मुख्य फोकसमा राख्ने कम्पनीले जनाएको छ ।
भिभोेको आफ्नो चर्चित औरा लाइट प्रविधि पनि अब नयाँ एआई औरा लाइट पोट्रेट ३.० मा अपग्रेड हुने अनुमान छ, जसले शतप्रतिशत बढी प्रकाश र अझ ठूलो नर्म इल्युमिनेसन दिने बताइएको छ । यससँगै ५० एम पी सोनी आईएमएक्स८८२ क्यामराले कम–प्रकाशमा समेत बढी प्रकाश समात्ने, न्वाइज घटाउने र कम–प्रकाशमा समेत विवरण सुरक्षित राख्नेछ, जसले पोट्रेटहरूलाई प्राकृतिक र गहिरो आयाम दिनेछ ।
एआई क्षमतामा पनि उल्लेखनीय सुधार आएको छ । भिभो भी६० लाइटको एआई इमेज स्टुडियोले स्मार्ट टच–अप, अवाञ्छित वस्तु हटाउने सुविधा र विशेषगरी भिभो भी६० सिरिजमा मात्र उपलब्ध हुने एआई फोर सिजन पोट्रेट फिचरमार्फत एउटै फोटोमा विभिन्न ऋतुका पृष्ठभूमि सिर्जना गर्नेछ, जसले यात्रा स्मृतिलाई अझ आकर्षक बनाउनेछ ।