भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित अस्थायी निवासमा जारी छ।जेनजी आन्दोलनपछि पहिलोपटक अध्यक्ष ओलीले सचिवालय बैठक बोलाएका हुन्। आन्दोलनका कारण सत्ताबाट बाहिरिनु परेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला ओलीको धारणा र एमालेले लिने नयाँ रणनीतिप्रति कार्यकर्ताको ध्यान केन्द्रित भएको छ। बैठकमा हालको राजनीतिक परिस्थिति, आन्दोलनपछि देखिएका चुनौती र पार्टीको आगामी कदमबारे विस्तृत छलफल भइरहेको एमाले स्रोतले जनाएको छ।