धरान,धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक दल दर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। उनले निर्वाचन आयोगमा राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगका स्रोतका अनुसार, साम्पाङको निवेदन हाल रुजुको प्रक्रियामा रहेको छ। यो कदम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेरिएको छ। साम्पाङले यस कदममार्फत केवल स्थानीय राजनीति मात्रै नभई राष्ट्रिय स्तरमा पनि आफ्नो प्रभाव विस्तार गर्ने उद्देश्य राखेका छन्।