काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री गरेको छ । कम्पनीले गत साउन १५ देखि भदौ १९ गतेसम्म खुला गरेको हकप्रद सेयर बाँडफाँट गरेको हो । कम्पनीले बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रीतपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई २२ लाख २४ हजार एक सय ७३ कित्ता हकप्रद सेयर असोज ७ गते बाँडफाँट गरेको हो ।
कम्पनीका अनुसार प्रतिकित्ता एक सय रुपैयाँका दरले असार ७ गतेसम्म कायम सेयरधनीहरूका लागि एक बराबर शून्य दशमलव ६५ कित्ताका दरले २४ लाख १४ हजार एक सय कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । बाँडफाँटपछि कम्पनीको एक लाख ८९ हजार ९२७ कित्ता सेयर बाँकी रहेको छ जुन प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँका दरले सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा आउने कम्पनीको भनाइ छ ।