काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाइ गाडी खरिदमा विशेष छुट पाउने भएका छन् । यही असोज नौ गते नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका देशभरका शाखाहरूबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका हुन्डाई ब्रान्डका विभिन्न मोडेलका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुटबाहेक हुन आउने गाडीको खरिद रकममा थप ५० हजारदेखि ८१ हजार रुपैयाँसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिकाको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका हुन् ।