काठमाडौं । ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ । यो योजनामार्फत ग्राहकहरूले हालसालै बजारमा आएको दुई लाख ४९ हजार नौ सय ९९ रुपैयाँको नयाँ ओप्पो फाइन्ड एन५ सहित विभिन्न उपहार जित्ने अवसर पाउनेछन् ।
योजना अवधिभर नयाँ ओप्पो स्मार्टफोन खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन् । एक जना भाग्यशाली विजेताले नयाँ ओप्पो फाइन्ड प्राप्त गर्नेछन् भने अन्य हजारौँ विजेताले नगद पुरस्कार, स्मार्टफोन, मोबाइल उपकरणहरु जित्ने मौका पाउनेछन् । यस योजनाअन्तर्गत आठ हजार ग्राहकले एक सयदेखि एक हजारसम्मको नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, दुई जनाले ओप्पो रेनो १४ सिरिज, १० जनाले ओप्पो ए५ सिरिज, दुई सय जनाले रियलफिट एयरबड्स, पाँच सय जनाले रियलफिट स्पिकर र दुई सय जनाले ओप्पो टि–सर्ट प्राप्त गर्नेछन् ।
यस योजनामा सहभागी हुन ग्राहकले ओप्पो स्मार्टफोन खरिद गरेपछि स्टोरमा उपलब्ध क्युआर कोड स्क्यान गरी डिजिटल स्पिन ह्विल घुमाउनुपर्नेछ । त्यसपछि आईएमआई नम्बर र नाम प्रविष्ट गरी विवरण प्रमाणित गरेपछि नतिजा तुरुन्तै हेर्न सकिनेछ र पुरस्कार सुनिश्चित गर्न सकिनेछ । योजना २०८२ सालको असोज ५ गतेदेखि कात्तिक ४ गते सम्म सञ्चालन हुनेछ । पुरस्कार लिनका लागि प्रयोग भएको स्मार्टफोन सक्रिय हुनुपर्नेछ, ग्राहकले वारन्टी कार्ड र खरिद बिल सुरक्षित राख्नुपर्नेछ । साथै, सम्पूर्ण योजनाको विवरणका लागि खुद्रा पसलसँग सम्पर्क गर्न र सर्त तथा नियमहरू ध्यानपूर्वक पढ्न कम्पनीले सिफारिस गरेको छ ।
‘दशैँको बहार, ओप्पो फाइन्ड एन५ उपहार’ योजनामार्फत ओप्पो नेपालले उपभोक्तालाई आधुनिक प्रविधिसँगै उत्सवको उल्लास बाँड्ने उद्देश्य राखेको छ । परम्परा र प्रविधिलाई जोड्दै यसपालिको दशैंलाई अझ विशेष बनाउन कम्पनीले यो अवसर प्रस्तुत गरेको हो ।