काठमाडौं । नेपालले वेस्ट इन्डिजविरुद्धको अन्तिम टी–२० म्याचमा १० विकेटको हार बेहोरेको छ ।पहिला ब्याटिङ गर्दै नेपालले दिएको १२३ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले कुनै पनि विकेट नगुमाई सहजै भेट्टाएको हो । वेस्ट इन्डिजले ४६ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो । यसअघिका दुई खेलमा शानदार जित हात पारेको नेपाल तेस्रो खेलमा हार व्यहोर्दै शृङ्खला क्लीन स्वीप गर्ने अवसर गुमाएको छ ।वेस्ट इन्डिजका ओपनर अमिर जांगुले ४५ बलमा ७४ रन प्रहार गरे भने अर्का ओपनर अकिम अगस्त्यले २९ बलमा ४१ रन जोडे । दुवै नटआउट रहे । आजको खेलमा नेपालका कुनै पनि बलरले प्रभाव पार्न सकेनन् ।