काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले यही कात्तिक १५ गते वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभाले १३ दशमलव ५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी चार दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ३१ गते बुक क्लोज गर्ने बताएको छ। तसर्थ असोज ३१ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् ।
सभाले, नाफा नोक्सान विवरण, वित्तीय प्रतिवेदन र नगद प्रवाह प्रतिवेदनसहितको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्नेसहितको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।