काठमाडौं । मञ्जुश्री फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही असोज ३१ गते आफ्नो १८औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत फाइनान्सले हाल कायम रहेको चुक्तापुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४८ रुपैयाँको १० प्रतिशतका दरले हुन आउने २० करोड २७ लाख ३२ हजार नौ सय २७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।