काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा एक करोड ३० लाख ३४ हजार पाँच सय ६६ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा ७८ लाख ९२ हजार एक सय २० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले गत आवमा एक अर्ब नौ करोड ६२ लाख ४८ हजार चार सय ६० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २९ करोड ४० लाख २७ हजार दुई सय चार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड एक लाख २२ हजार एक सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ९८ करोड ७८ लाख ७५ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १८ करोड ५९ लाख ४४ हजार दुई सय ६२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ४५ लाख ६१ हजार एक सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।