काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा आठ करोड तीन लाख ३१ हजार ८५ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी ७० करोड ८५ लाख आठ हजार तीन सय ४५ रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षमा दुई अर्ब ७२ करोड २७ लाख २७ हजार ९९ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ८८ करोड ८३ लाख ५९ हजार नौ सय २४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५३ करोड ५२ लाख २५ हजार ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ५४ करोड ३२ लाख १३ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ७५ करोड ४१ लाख ५८ हजार तीन सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको थियोे । उक्त अवधिमा ३० करोड छ लाख ६८ हजार नौ सय ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।