काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक २०८१/८२ मा १० करोड ८० लाख ६८ हजार पाँच सय २२ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड ९२ लाख १७ हजार छ सय १५ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी ४० करोड ७६ लाख ९२ हजार तीन सय पाँच रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२ मा एक अर्ब ६४ करोड ५९ लाख ३३ हजार चार सय ८७ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८४ करोड ७४ लाख २९ हजार एक सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३८ करोड १० लाख १५ हजार एक सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३७ करोड ३९ लाख ८९ हजार पाँच सय ५३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८९ करोड ७१ लाख १२ हजार तीन सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ३५ लाख १७ हजार छ सय ६७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।