काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले खुद नाफा बढाउन सफल भएको छ । संस्थाले गत आर्थिक वर्षमा छ करोड ३८ लाख ४१ हजार पाँच सय ७१ रुपैयाँ खुद नाफा कमाएकोे छ । यो नाफा अघिल्लो आवको तुलनामा एक करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा संस्थाले पाँच करोड २९ लाख १५ हजार तीन सय १४ रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।
चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार एक सय ४९ रुपैयाँ रहेको संस्थाले गत आवमा एक अर्ब ५६ करोड ७७ लाख २६ हजार सात सय ६२ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७५ करोड २३ लाख १३ हजार एक सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४३ करोड ५५ लाख चार सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले अघिल्लो आवमा एक अर्ब ३३ करोड ३४ लाख ७६ हजार तीन सय २७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३१ करोड ६१ लाख चार हजार एक सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ९१ लाख १७ हजार एक सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।