काठमाडौं । बीमा तथा कर्मचारी लाभ सेवा प्रदान गर्ने अग्रणी वित्तीय सेवा कम्पनी मेटलाइफले, अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजनसँग तीन वर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारको रूपमा सहभागी हुने घोषणा गरेको छ ।
यस साझेदारीमार्फत, आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतहरूमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण गर्ने आफ्नो दीर्घ इतिहास र क्षमतालाई प्रयोग गरी मेटलाइफले ग्लोबल सिटिजनको अभियानलाई थप सशक्त बनाउन र विश्वभरका समुदायहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न योगदान गर्नेछ । प्रमुख साझेदारको हैसियतले मेटलाइफले आर्थिक सहयोग, कर्मचारी स्वयंसेवकहरूको सहभागिता, र आफ्नो विश्वव्यापी पहुँचमार्फत शिक्षा तथा आर्थिक सशक्तीकरणमा रूपान्तरणकारी पहलहरू अघि बढाउनेछ । यसका अतिरिक्त, मेटलाइफ फाउन्डेसनले फिफा–ग्लोबल सिटिजन एजुकेसन फन्डको संस्थापक दाताको रूपमा नौ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेको छ । यो फन्डले विश्वभरका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच उपलब्ध गराउन एक सय मिलियन अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ । स्थापना भएको करिब ५० वर्षदेखि नै शिक्षा–सम्बन्धी सहयोग मेटलाइफ फाउन्डेशनका आधारशीलाहरूमध्ये एक रहँदै आएको छ । हाल वित्तीय स्टेम सिकाइ, मेन्टरिङ र सीप–प्रशिक्षणजस्ता क्षेत्रमा सहयोग गरेर फाउन्डेसनले विश्वभरका विद्यार्थीहरूलाई उज्जवल भविष्यका लागि तयार पार्दै आएको छ ।
मेटलाइफका अध्यक्ष तथा सीईओ, मिसेल खलाफले भनेः ‘मेटलाइफमा, हामी मानिस र समुदायका लागि महत्वपूर्ण क्षणहरूमा सधैं उपस्थित रहन विश्वास गर्छौँ, जसलाई सबैका लागि आत्मविश्वासी भविष्य निर्माण गर्ने हाम्रो स्पष्ट उद्देश्यले मार्गदर्शन गरेको छ । ग्लोबल सिटिजनसँगको हाम्रो साझेदारीले वित्तीय स्वास्थ्य प्रवद्र्धन, शैक्षिक अवसरहरूलाई अगाडि बढाउने र सबल र आत्मविश्वासी समुदायहरू निर्माण गरेर सकारात्मक परिवर्तन ल्याउनेछ । मेटलाइफ फाउन्डेसनसँग मिलेर हामी ग्लोबल सिटिजनसँग सहकार्य गर्न उत्साहित छौँ, र यो साझेदारीले १९७६ यता एक अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग गर्दै आएको मेटलाइफ फाउन्डेसनको परोपकारी परम्परालाई अझै सबल बनाउनेछ ।’
मेटलाइफले विश्वभरका ग्लोबल सिटिजन अभियानहरूलाई पनि सशक्त बनाउनेछ, जसमा आज न्युयोर्कको सेन्ट्रल पार्कमा सम्पन्न भएको ऐतिहासिक ग्लोबल सिटिजन फेस्टिभल पनि पर्छ, जहाँ कलाकार, अभियन्ता, र विश्व नेताहरूलाई एकसाथ ल्याएर संसारका सबैभन्दा ज्वलन्त समस्याहरूमा कार्य गर्ने उद्देश्य राखिएको छ । साथै, ग्लोबल सिटिजन नाउ एक्सन समिटहरूमा पनि मेटलाइफको योगदान रहनेछ ।
ग्लोबल सिटिजनका सह–संस्थापक तथा सीईओ ह्यु एभान्सले भनेः “हाम्रो संसारले सामना गरिरहेका जटिल समस्याहरू समाधान गर्न साझेदारीको शक्तिमा हामी दृढ विश्वास गर्छौँ । मेटलाइफ, मेटलाइफ फाउन्डेसन र ग्लोबल सिटिजनबीचको यो नयाँ साझेदारीले हाम्रो प्रभावलाई विस्तार गर्नेछ र सबैलाई प्रगतिशील र समृद्ध जीवन बिताउने अवसर दिलाउने हाम्रो साझा दृष्टिकोणलाई तीव्र बनाउन महत्वपूर्ण उत्प्रेरकको रूपमा काम गर्नेछ ।’ यहाँका साझेदारहरू, नेताहरू र विश्वभरका नागरिकहरूलाई यस पहलमा सामेल हुन र कार्य गर्न आमन्त्रित गरिएको छ ।
ग्लोबल सिटिजनको बारेमा
ग्लोबल सिटिजन चरम गरिबी अन्त्य गर्न विश्वको सबैभन्दा ठूलो पहल हो । दैनिक आवाज उठाउने र कारबाही गर्ने विश्वव्यापी समुदायद्वारा सञ्चालित, यो पहललाई संगीत, मनोरञ्जन, सार्वजनिक नीति, मिडिया, परोपकार र कर्पोरेट क्षेत्रका लिडरहरु भेला गर्ने अभियान र कार्यक्रमहरूद्वारा विस्तार गरिएको छ । यस पहल सुरु भएदेखि, ग्लोबल सिटिजन प्लेटफर्महरूमा घोषणा गरिएका ४९ अर्ब डलरका प्रतिबद्धताहरू परिचालन गरिएको छ, जसले १.३ अर्ब जीवनलाई असर गरेको छ । २००८ मा अस्ट्रेलियामा स्थापित, ग्लोबल सिटिजनको टोलीले न्यूयोर्क, वाशिंगटन डीसी, लस एन्जलस, लन्डन, पेरिस, बर्लिन, जेनेभा, मेलबर्न, टोरन्टो, जोहानेसबर्ग, लागोस र बाहिरबाट सञ्चालन गर्दछ । ग्लोबल सिटिजन एप डाउनलोड गर्नुहोस्, र टिकटक, इन्स्ताग्राम, युतुब, फेसबुक, एक्स, र लिंकदिन मा ग्लोबल सिटिजनलाई फलो गर्नुहोस् ।
मेटलाइफ फाउन्डेसनको बारेमा
मेटलाइफ फाउन्डेसनमा हामी आर्थिक स्वस्थता सबैको लागि हो भन्ने मान्यता राख्दछौँ । आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागि हामीले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपूर्ण अनुदान उपलब्ध गराउदछौँ । ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाइफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिवृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थहरुसँग सहकार्य गर्दछौँ । कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्परालाई निरन्तरता दिन मेटलाइफ फाउन्डेसन सन् १९७६ मा स्थापित भएको होे । स्थापनाकालदेखि सन् २०२० को अन्त्यसम्म आइपुग्दा, मेटलाइफ फाउन्डेसनले ९० करोड अमेरिकी डलर अनुदान मेटलाइफ सञ्चालनमा रहेका ठाउँहरुको समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुसँग सम्बन्धित लगानी गरिसकेको छ । मेटलाइफ फाउन्डेसनको बारेमा अझ जानकारी ‘मेटलाइफ डट ओआरजी’ बाट लिन सकिनेछ ।
मेटलाइफको बारेमा
मेटलाइफ इन्स्युच्यिुट, एनवाइएसइ मेट’ आफ्ना सहायक र सम्बद्ध संस्थाहरु सहित ‘मेटलाइफ’ वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरुेमध्येको बीमा, कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविष्य निर्माण गर्न मद्दत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको ‘मेटलाइफ’ , विश्वभर ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एसिया, ल्याटिन अमेरिका, युरोप र मध्यपूर्वमा अग्रणी स्थान ओगटेको छ ।