काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक संरचनाको पुनः निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनः निर्माण कोष’मा एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले मंंंगलबार अर्थमन्त्री रामेश्वर खनाललाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । गत भदौ २२ र २३ गते भएको आन्दोलनका कारण सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको थियो । अर्थ मन्त्रालयले विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई कोषमा सहयोगका लागि आह्वान गरेको थियो । सूर्यज्योति लाइफ इन्स्योरेन्सले यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उल्लेख गरेको छ ।
कम्पनीले विगतमा पनि राष्ट्रले आवश्यक महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा विविध प्रकारको सहयोग गर्दै आएको र हालको यो योगदानले क्षति भएका भौतिक संरचनाको पुनः निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायत कार्यका लागि निश्चित सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।