काठमाडौं । एमएडब्लु वृद्धिले देशव्यापीरूपमा चाडपर्व लक्षित ‘मेगा एक्स्चेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ । कम्पनीले काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरिका दिपल, नामी र सेरेसका आधिकारिक सोरुममा एकैसाथ मेगा एक्स्चेन्ज कार्निभल आयोजना गर्न लागेको हो ।
आगामी असोज २४ देखि तीन दिनसम्म चल्ने एक्स्चेन्ज मेलामा ग्राहकले आफ्ना पुराना गाडी साटेर नेपालकै सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्न सक्नेछन् । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेसजस्ता नेपालका शीर्ष ईभी ब्रान्डका चर्चित मोडेल एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउने कम्पनीले जनाएको छ । साथै, सबै उमेर समूहका लागि मिल्ने मनोरञ्जन केन्द्र पनि हुनेछ । आगन्तुकले ह्युमनोइड रोबोट सो, कार रेसिङ सिमुलेटर, किड्स जोन र इन्डोर गेमका साथै रिफ्रेसमेन्टको मजा लिन सक्नेछन् । ग्राहकले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीको सर्वोत्कृष्ट मूल्याङ्कन गराउन सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् । यसबाट निश्चित मोडेलमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्ने जनाइएको छ । यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनेछन् । एक्स्चेन्ज कार्निभलमा पहिलोपटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सकिने छ । साथै, नाडा अटो सोमा सो स्टपर बन्न सफल दिपल एस०५ र सेग्मेन्ट फस्ट फिचरहरूले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिने छ ।
काठमाडौंबाहेक नेपालभरिका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्स्चेन्ज कार्निभल आयोजना हुनेछ जहाँ ग्राहकले एक्स्चेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउनेछन् ।