काठमाडौं । एम्बार्क अनम्याथले गणित सिकाउने र सिक्ने तरिकालाई नै बदल्दै आएको छ । गणितका कठिन कुराहरूलाई रचनात्मक र दैनिक जीवनसँग जोडेर सिकाउने यो संस्थाले अहिले आफ्नो सबैभन्दा नयाँ र रोमाञ्चक कार्यक्रम ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल)मार्फत नेपालमा पहिलोपटक गणितीय सोच र बहसलाई एकसाथ ल्याएको छ । यसको मुख्य उद्देश्य भनेको गणितको भाषालाई विश्वभर फैलाउनु हो ।
ग्लोबल म्याथ डिबेट लिगले गणितलाई विचार, तर्क र कुराकानीलाई बोल्ने र बुझाउने भाषा बनाउँछ । यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितलाई समस्या समाधानको माध्यमको रूपमा मात्र नभई आफ्ना विचार व्यक्त गर्ने र नयाँ कुरा सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गर्न चुनौती दिन्छ । एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले गणित भनेको अंक र हिसाबभन्दा धेरै माथिको कुरा भएको बताए । ‘यो लिग एउटा खास राष्ट्रिय मञ्च हो जहाँ विद्यार्थीहरूले देखाउन सक्छन् कि गणित भनेको तार्किक सोच र समस्या समाधानको रोमाञ्चक क्षेत्र हो, जुन परम्परागत कक्षाकोठाभन्दा धेरै उन्नत र गतिशील छ’, उनले भने ।
यस वर्ष, ग्लोबल म्याथ डिबेट लिगले नेपालभरका विद्यालयबाट पाँच हजारभन्दा बढी विद्यार्थीहरूलाई एक संरचित, बहु–चरणको प्रतियोगितामा जोड्दैछ । यसले बहसमार्फत गणितीय तर्कको शक्ति देखाउँछ । प्रतियोगिता तीन चरणमा हुन्छ, स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय राउन्ड । यसले सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचको लागि मञ्च तयार गर्ने जनाइएको छ । यस प्रक्रियामा, विद्यार्थीहरूले आफ्नो विचारशील सोच तिखो पार्छन्, सार्वजनिक स्थानमा बोल्ने क्षमता बढाउँछन् । गणितले वास्तविक जीवनका समस्याहरूमा कसरी लागू हुन्छ भन्ने कुरा गहिरोरूपमा बुझ्छन् ।
गणित र कुराकानीको कलालाई जोडेर, ग्लोबल म्याथ डिबेट लिगले अर्को पुस्ताका नेतृत्वकर्ताहरू तयार गर्दैछ, जसले विश्लेषणात्मकरूपमा सोच्न र प्रभावकारीरूपमा कुराकानी गर्न सक्छन् । यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक आधार बलियो बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमको रूपमा मनाउँछ । नेपालमा यस किसिमको पहिलो कार्यक्रमको रूपमा, ‘जीएमडीएल’ले युवा सोचविचार गर्नेहरू, बहस गर्नेहरू र समस्या समाधानकर्ताहरूको राष्ट्रव्यापी समुदाय सिर्जना गर्दैछ । यसले गणितलाई विषय मात्र नभई जीवनको लागि एउटा सोचाइको रूपमा हेर्छन् ।
सन् २०१२ मा स्थापित उन्म्याथ स्कुल एउटा अग्रणी शैक्षिक संस्था हो, यसले विद्यालयहरूमा गणित सिकाउने तरिकालाई नयाँरूप दिइरहेको छ । एम्बार्क उन्म्याथ यसै विश्वव्यापी मिसनको विस्तार हो, जसले ग्लोबल म्याथ डिबेट लिग, म्याथ म्याराथन, र स्पेस म्याथजस्ता कार्यक्रमहरूमार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र परिवर्तनकारी बनाउँछ ।