काठमाडौं । शेयर बजार परिसुचक नेप्से राताम्मै देखिएको छ । अघिल्लो दिन ५८ दशमलव ५३ अंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ४५ दशमलव ३६ अंकले ओरालो लागेर २५ सय ५९ दशमलव ५९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १५ अंकले ओरालो लागेर चार सय ४६ दशमलव ४७ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको ६३ हजार पाँच सय नौं पटकको कारोबारमा एक करोड ३७ लाख ४९ हजार पाँच सय पाँच कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ७६ करोड २७ लाख एक हजार एक सय १० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । ति मध्ये बाँणिज्य बैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै राताम्मै देखिएको छ ।