काठमाडौं । रावा इनर्जी लिमिटेडले वार्षिक साधारणसभाका आह्वान गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक १२ गते काठमाडौंमा आफ्नो छैंठौं वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही असोज २७ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।