काठमाडौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले अवितरित करिब दुई लाख कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत् बिक्रीमा राखेको हो । कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर आवेदकलाई बाँडफाँट गर्दा बाँकी बसेको सर्वसाधारण समूहतर्फको एक लाख ८९ हजार नौ सय २७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँ निर्धारण गरेको छ । बोलपत्र पेस गर्दा कम्तीमा एक सय कित्ताका लागि र बढीमा १० अंकले निःशेष भाग जाने जुनसुकै संख्या वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । बोलपत्र असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेभित्र पेश गरिसक्नुपर्नेछ । बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।