काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतीत भएको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीका अनुसार व्यतित मितिबाट पाँच वर्ष ननाघेकालाई ५० प्रतिशत छुट हुनेछ भने पाँच वर्ष नाघिसकेको खण्डमा ३५ प्रतिशत छुट हुनेछ ।
यो छुट सुविधा आज असोज २२ गतेदेखि असोज २८ गतेसम्म मात्रै लागू हुने कम्पनीले जानकारी दिएको छ । यस अवधिभित्र बीमितले व्यतीत बीमालेख नवीकरण गराएको खण्डमा उक्त छुट सुविधा प्रदान गरिने कम्पनीको भनाइ छ ।
यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने, २०८३ असोज २२ गतेसम्म परिपक्व हुने बीमालेखहरूमा लागू हुने र छुट सुविधामार्फत् नवीकरण गराएको बीमालेख एक वर्षभित्रै सरेन्डर भएमा छुट शुल्क काटिने कम्पनीले जनाएको छ ।