काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले तीन लाखभन्दा बढी जीवन बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको भदौ महिनासम्ममा कुल तीन लाख ३६ हजार सात सय ७१ वटा बीमालेख जारी गरी ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
भदौ महिनामा राष्ट्रिय बीमा कम्पनीले ३४ हजार दुई सय एक वटा बीमालेख जारी गरी चार अर्ब आठ करोड तीन लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसअवधिमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि २७ हजार चार सय ५० वटा बीमालेखमार्फत तीन अर्ब ९८ करोड २७ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले पनि पछिल्लो अवधिमा ७७ हजार एक सय ६२ वटा बीमालेखमार्फत नौ अर्ब ६८ करोड ३२ लाख ९० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले पनि चालू आवको भदौ महिनामा चार हजार तीन सय एक वटा बीमालेखमार्फत तीन अर्ब ३९ करोड ४२ लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । मेटलाइफ इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा ३९ हजार छ सय ८० वटा बीमालेखमार्फत एक अर्ब पाँच करोड ४९ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
एसियन लाइफले पनि पछिल्लो अवधिमा नौ हजार नौ सय छ वटा बीमालेखमार्फत एक अर्ब ४८ करोड ४२ लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा आईएमई लाइफले ११ हजार ९७ वटा बीमालेखमार्फत एक अर्ब आठ करोड ५८ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सन् नेपाल लाइफले २६ हजार नौ सय २९ वटा बीमालेखमार्फत ६० करोड ६६ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले पनि चालू आवको भदौ महिनामा २९ हजार छ सय ५९ वटा बीमालेखमार्फत एक अर्ब एक करोड ४० लाख ८५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सिटिजन लाइफले ३३ हजार चार सय ९८ वटा बीमालेखमार्फत एक अर्ब ५० करोड १३ लाख ९२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार चालू आवको भदौ महिनामा सूर्यज्योति लाइफले २० हजार तीन सय ५६ वटा बीमालेखमार्फत दुई अर्ब एक करोड ५२ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सानिमा रिलायन्स लाइफले पनि १३ हजार आठ सय चार वटा बीमालेखमार्फत एक अर्ब २० करोड ४२ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हिमालयन लाइफले पनि दुई हजार छ सय ९४ वटा बीमालेखमार्फत तीन अर्ब १७ करोड २३ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा प्रभु महालक्ष्मी लाइफले पनि पाँच हजार एक सय ३४ वटा बीमालेखमार्फत ९६ करोड ९८ लाख ६० हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ ।