सिरहा । सिरहा भगवान् गाउँपालिका–२ स्थित बलान नदी किनारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले शुक्रबार बिहान २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।

खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ ।