काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । बैठकको तयारी नपुगेकाले बैठक सारिएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार यही असोज २९ देखि ३१ गते बैठक काठमाडौँमा बस्ने तय भएको छ । यसअघि असोज २७ देखि २९ गतेसम्म बैठक यही काठमाडौँमा तय गरिएको थियो ।
जेनजी आन्दोलनका कारणले ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय आगजनी र तोडफोड भएको छ । आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ ।