काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका अनुसार संस्थापक समूहको ४४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको बिक्रीमा राखिएको हो । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो सेयर बिक्रीमा राखेको छ । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र निवेदन दिनु पर्नेछ । निवेदन काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ । साथै तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।