काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरको बाँडफाँट गरेको छ । कम्पनीले अवितरित हकप्रद सेयर निष्काशन गरी बाँडफाँट गरेको हो ।
कम्पनीले जेठ २९ गतेसम्म कायम सेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँट गरेकोमा संस्थापक समूहतर्फ चार हजार चार सय ६८ कित्ता र सर्वसाधारण समूहतर्फ एक लाख ९२ हजार पाँच सय ७४ कित्ता सेयर बाँकी बसेको थियो ।
कम्पनीले यसरी बाँकी रहेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत भदौ २७ गतेदेखि असोज ८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । उक्त अवधिभर परेका बोलपत्रहरू असोज ९ गते खोलेर आवश्यक रुजु गरी असोज २२ गते बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । बाँडफाँटको अन्तिम मूल्य संस्थापक समूहतर्फको सेयरमा एक सय २६ रुपैयाँ र सर्वसाधारण समूहतर्फको सेयरमा पाँच सय तीन रुपैयाँ ४३ पैसा कायम भएको छ ।