काठमाडौं । तिहारको तयारी चलिरहेका बेला अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित १०.१० तिहार महोत्सवको आयोजना गरेको छ ।
पहिलोपटक, यो सेल अक्टोबर ९ बिहीबार राति ८ बजेबाटै लाइभ भएको हो । कम्पनीका अनुसार यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिए लगतैको समयमा उपलब्ध गरिएका विशेष अफरहरूको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्नेछ । यो महोत्सव असोज ३० गतेसम्म चल्नेछ । दराजले महोत्सवमार्फत ७० प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी, र एक लाख रुपैयाँभन्दा बढीको खरिदमा १० हजार रुपैयाँसम्मका फ्ल्याट भौचरहरू पनि उपलब्ध गराउने तयारी गरेको छ । उपभोक्ताहरूले महोत्सव अवधिभर उपलब्ध हुने दैनिक फ्ल्यास सेल, विशेष अफरहरू र आकर्षत मूल्यमार्फत हरेक दिन नयाँ सौगात प्राप्त गर्न सक्नेछन् ।
महोत्सव अवधिभर १०.१०लाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ यस वर्षको प्ल्याटिनम पार्टर ब्रान्डहरू सिताफिल र रोह्टोले ४० प्रतिशतसम्म छुट प्रदान गर्दैछन् भने गोल्ड पार्टनरहरू एईबीबी, ब्रान्डहाउस र मारिकोले ६० प्रतिशतसम्मको उत्सवमय बचत उपलब्ध गराउने बताइएको छ । दराजले आफ्को विशेष ब्रान्ड गन्तव्य, दराजमलमार्फत उपभोक्तालाई शतप्रतिशत असली उत्पादनको आश्वासन प्रदान गर्नेछ । यसमा उपलब्ध गरिएका कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले त्यसको तीन गुणा क्यासब्याक ग्यारेन्टी दिने व्यवस्था गरेको छ । दराज मलमार्फत ग्राहकहरूले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका अग्रणी ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुटसहित निश्चिन्तताको प्रत्याभूति पाउनेछन् ।
तिहारलाई नयाँ लुगा, नयाँ शैली र नयाँ सुरुवातको उत्कृष्ट अवसरका रूपमा पनि लिइन्छ । यसै कुरालाई विशेष दृष्टिगत गर्दै दराजले यस तिहारमा फेसनलाई अझ व्यापक बनाउँदै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइकजस्ता अग्रणी फेसन ब्रान्डहरूमा ५० प्रतिशत वा सोभन्दा बढी छुट उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । उपभोक्ताहरु माझ विशेष लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई पनि दराजले निरन्तरता दिनेछ । चुनिएका उत्पादनहरुमा न्यूनतम चार सय ९९ रुपैयाँको खरिद गर्दा उपभोक्ताहरुले निःशुल्क होम डेलिभरी सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ उठाउनका लागि भने ग्राहकहरूले दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर संकलन गर्नुपर्ने हुन्छ ।
अत्यधिक छुट, दैनिक फ्ल्यास सेल, बैंक अफर र सीमित समयका मेगा डिलहरू प्रदान गर्दै तिहार महोत्सव मार्फत आफ्ना उपभोक्तालाई यस वर्षकै सर्वाधिक फाइदाजनक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । दराज नेपालले सम्पूर्ण उपभोक्तालाई यस तिहारमा आकर्षक अफरहरू र अत्यधिक बचतमार्फत पर्व सुहाउँदो रमाइलो किनमेल अनुभव लिनका लागि आग्रह गरेको छ ।