काठमाडौं । शेयर परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ७८ दशमलव ८३ अंकले ओरालो लागेर २५ सय तीन दशमलव ३५ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९१ अंकले ओरालो लागेर चार सय ३९ दशमलव ४० बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ६७ हजार दुई सय दुई पटकको कारोबारमा एक करोड ४३ लाख ६४ हजार छ सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब ७० करोड ७२ लाख ४५ हजार दुई सय ६६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै रातो देखिएको छ ।