काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको तीन हजार आठ सय २४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरूले आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या खुलाई कम्पनीको रजिस्टर्ड कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको टंगालमा रहेको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीको भनाइ छ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।