काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा एक अर्ब नजिक पुगेको छ । संस्थाले गत आर्थिक वर्षमा ७४ करोड तीन लाख ६३ हजार सात सय ५६ रुपैयाँ खुद मुनाफा कमाएको हो । अघिल्लो आवमा संस्थाले २१ करोड ४९ हजार ५८ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी एक अर्ब ५३ करोड ६१ लाख ७१ हजार पाँच सय ४६ रुपैयाँ रहेको छ । संस्थाले गत आवमा १२ अर्ब ३० करोड ५१ लाख चार हजार पाँच सय ६७ रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३१ करोड ३६ लाख ३६ हजार दुई सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा दुई अर्ब ११ करोड ७८ लाख ८७ हजार एक सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले १० अर्ब ५३ करोड ३० लाख ४२ हजार पाँच सय १३ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ८७ करोड ४५ लाख ६७ हजार नौ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४९ करोड १४ लाख २९ हजार सात सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।