काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उच्चरुपमा बढेको छ । संस्थाले गत आर्थिक वर्षमा एक करोड ४१ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा ५१ लाख ३० हजार रुपैयाँ मात्र रहेको थियो ।
संंस्थाको हाल चुक्ता पुँजी दुई करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ । संस्थाले गत आवमा ३३ करोड ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ करोड ८८ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा तीन करोड ३२ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको छ भने चार दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा संस्थाले २४ करोड ६५ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड २७ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड २५ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा संस्थामा चार दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।