काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले यही असोज २६ गते आइतबार आइतबारदेखि सर्वसाधारणका साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी एक अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतका दरले हुन आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार पाँच सय कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा एक लाख ६३ हजार एक सय २५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । यसैगरी तीन लाख नौ हजार नौ सय ३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने एक लाख ५४ हजार नौ सय ६९ कित्ता सेयर सामूहिक लगानी कोष र एक लाख २३ हजार नौ सय ७५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ ।
कम्पनीका अनुसार सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २५ करोड १० लाख ४९ हजार तीन सय रुपैयाँबराबरको २५ लाख १० हजार चार सय चार सय ९३ कित्ता सेयरको बिक्री खुला गरिएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असोज २९ गते र ढिलोमा यही कात्तिक नौ गतेसम्म कायम रहने छ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।