काठमाडौं । भेटायोले उज्यालो र खुसीको पर्व तिहारमा घर सजाउने जिम्मा आफूलाई दिन आग्रह गरेको छ । कम्पनीले तिहामा घर झिलिमिली बत्तीले उज्यालो पार्न सजिलो र झन्झटमुक्त उपाय–झिलिमिली लाइट्स प्याकेज ल्याएको हो ।
कम्पनीका अनुसार यो प्याकेज छ हजार एक सय रुपैयाँबाट सुरु हुनेछ । जहाँ आफ्नो घर अनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सकिनेछ । साथै, यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ सबै समावेश छ । यदि आफैँसँग भएको झिलिमिली लाइट जडान मात्र गर्न चाहेमा पनि भेटायोका अनुभवी इलेक्ट्रिसियनहरूले प्रति स्ट्रिप एक सय १० रुपैयाँमा सुरक्षित र छरितोरूपमा जडान गरिदिने कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले विशेष तिहार अफरमा क्लिनिङ, लन्ड्री, प्लम्बिङ र अन्य धेरै सेवाहरूमा छुट ल्याएको छ । यी सबै सेवाहरू भेटायो एपबाट सजिलै बुक गर्न सकिन्छ ।