काठमाडौं । अटोमोबाइल समूह एमएडब्लु वृद्धिले एक्सचेन्ज मेला सञ्चालन गरेको छ । कम्पनीले काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल आयोजना गरेको हो ।
एक्सचेन्ज मेलामा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो । ग्राहकहरु दिपल, अवतार, नामी र सेरेसका ईभीहरुमा ग्राहक झुमिरहेका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंङ सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए । एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्ने सक्ने सुविधा प्रदान गरिएको थियो । काठमाडौंमा आयोजना भएको मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेसजस्ता नेपालका शीर्ष ईभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्ने अवसर पाएका थिए ।
ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्याङ्कन गराउने सुविधा प्राप्त गरेका छन् । साथै, ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । साथै, निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ, बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर, अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी अवतारलाई टेस्ट ड्राइभको अवसर पनि प्रदान गरिएको थियो । काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना गरिएको कम्पनीले जनाएको छ । जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफरहरु प्राप्त गरेका छन् ।