काठमाडौं । शेयर बजार परिसुचक (नेप्से) सुधार आएको छ । अघिल्लो दिन ७८ दशमलव ८३ अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार ४४ दशमलव २५ अंकले उकालो लागेर २५ सय ४७ दशमलव ६० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १४ अंकले उकालो लागेर चार सय ४४ दशमलव ५४ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३० वटा कम्पनीहरुको ४८ हजार आठ सय ३६ पटकको कारोबारमा ९९ लाख चार हजार आठ सय ७४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ९७ करोड ५४ लाख आठ हजार पाँच सय ४५ रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो देखिएको छ ।